कार्यक्रम विवरण
हेलसिन्की नगरका सेवाहरू तपाईंका लागि
(Helsinki Nagarka Sewaharu Tapainka Lagi)
*मिति र समय:* आइतबार, २७ जुलाई २०२५, दिउँसो ३:०० देखि ५:३० सम्म
*स्थान:* माउनुलाको युबा केन्द्र (Maunulan Nuorisotalo)
Metsäpurontie २५, ००६३० हेलसिंकी
गैर-आवासीय नेपाली संघ (NRN) फिनल्यान्ड – हेलसिन्की द्वारा आयोजित यो विशेष कार्यक्रमले हेलसिन्कीमा बसोबास गर्ने नेपाली समुदायलाई नगरपालिकाबाट प्रदान गरिने वास्तविक सेवा र सुविधाहरूबारे जानकारी दिन र उनीहरूलाई सशक्त बनाउने उद्देश्य राखेको छ।
यस कार्यक्रमको लक्ष्य परिवार, बालबालिका, विद्यार्थी, युवा, महिला, बेरोजगार, वरिष्ठ नागरिक तथा उद्यमीहरूलाई लक्षित गर्दै हेलसिन्की नगरले प्रदान गर्ने सेवा र अवसरहरूको बारेमा जानकारी गराउनु हो।
कार्यक्रममा २०२५ अप्रिलमा निर्वाचित नगर प्रतिनिधि (सिटी काउन्सिलर) *कृष्ण रेग्मी* ज्युले निर्वाचनपछिको विकास कार्यहरू र नागरिक सहभागिताबारे आफ्नो दृष्टिकोण प्रस्तुत गर्नेछन्।
🔑 प्रमुख अंशहरू:
📋 स्वास्थ्य, शिक्षा, रोजगारी, व्यवसाय सहयोग तथा डिजिटल पहुँचसँग सम्बन्धित नगरपालिका सेवाहरूको प्रस्तुति
🌍 NRN फिनल्यान्डद्वारा समुदाय विकासमा गरिएको योगदानको प्रदर्शन
🎤 सहभागीहरूलाई प्रश्न सोध्न र सुझाव दिन सकिने अन्तर्क्रियात्मक प्रश्नोत्तर सत्र
यो कार्यक्रमले नेपाली समुदायलाई स्थानीय शासनसँग प्रत्यक्ष संवाद गर्ने, आफ्नो अधिकार र उपलब्ध सेवाहरू बुझ्ने, तथा हेलसिन्कीको नागरिक जीवनमा सक्रिय सहभागिता जनाउने अवसर प्रदान गर्छ।
हामी गर्वका साथ जानकारी गराउँछौं कि Nordic Legal Solutions का CEO तथा आप्रवासन कानुनका प्रख्यात विज्ञ श्री शम्सुल आलम हाम्रा आगामी कार्यक्रमका वक्ता हुनुहुनेछ।
हालैका फिनल्याण्डको आप्रवासन कानुनमा भएका परिवर्तनहरूले हाम्रो समुदायलाई प्रत्यक्ष रूपमा असर पारेकोले, श्री आलमले विश्वसनीय, अद्यावधिक जानकारी र व्यवहारिक मार्गदर्शन प्रदान गर्नुहुनेछ। उहाँका सुझावहरू विशेष गरी आप्रवासन प्रक्रियामा संलग्न व्यक्तिहरूका लागि तथा नयाँ नियमहरूबारे स्पष्टता खोजिरहेका समुदाय सदस्यहरूका लागि निकै उपयोगी हुनेछन्।
*कार्यक्रम दिउँसो ३:०० बजे शुरू हुन्छ, कृपया समयमा आउनुहोला।
You may also like the following events from NRN-National Coordination Council-Finland: