येँया दक्षिण पश्चिम लागाया नेवा: वस्तीइ आदिवासी नेवा:तय्सँ हना वयाच्वंगु थीथी जात्रात मध्ये महत्त्वपूर्ण जात्रा बमुखद: जात्रा अर्थात न्हय्गां जात्रा ख: । बखुमद: जात्राया झ्वयलय् नेवा: वस्तीत किपू, पांगा, नगां, ल्ह्वंखा, मच्छेगां, ब्वसिगां व सतुंगलय् जात्रा याइगु ख: । तर लिपांगु इलय् वया नैकाप अर्थात बन्थ:चाया नेवा:तय्सं नं ब्यागलं कथंया द्य:ख: दयेका जात्रा याना ह:गु दु । देँय् या दसं बुँइ सामाज्या अर्थात वा लयेगु ज्या क्वचाये धुंका: थिंला महिनाय् याइगु बखुमद: अर्थात न्हय्गां जात्रा अष्टमी, नवमी व दशमी स्वनु जात्रा मानेयाइगु ख:।
थ्व वयाच्वंगु थिंलाथ्व: दशमी मंसिर १४ गते बखु
विष्णुदेवी द्य:ग: परिसरे (तीनथाना) जुइगु "न्हय्गां जात्रा" या सिन्ह:या खुन्हु जात्रा स्वाझायादित सकसित इनाप याना च्वना ।
Event Cover Photo By: Pradip Maharjan (
https://www.facebook.com/pradip.mhr.3 )
~~~~~~~
बखुँमल अष्टमी / न्हय्गां जात्रा
काठमाडौंको दक्षिण पश्चिममा कीर्तिपुर, पाँगा, नगाउँ, ल्होंखा (ल्ह्वःकोट), बोसीगाउँ, सतुङ्गल र मच्छेगाउँमा बस्नेहरुलाई न्हय्गां भन्दछन् जसको अर्थ हुन्छ सात गाउँले। यस ठाउँको बखु खोला (इन्द्रमती खोला)को पूर्व उत्तरमा रहेको एक दोभानलाई बखु भन्दछन् । यो एक पीठ हो र यस पीठमा रहेको मुख्य देवीलाई विष्णुदेवी (वैष्णवी) भनी पूजी आएका छन् । यस देवीको वार्षिक जात्रालाई बखुमद: / बखुमल: जात्रा पनि भन्दछन् । पछिल्लो करिब ३/४ दशक देखि भने यस जात्रामा बन्थोक (नैकाप) पनि समाहित भएको थियो ।
बखुमद:
काठमाडौंको पश्चिमतिर शोभागवती र गुहेश्वरी नजिक अस्तमात्रिका मध्ये एक तान्त्रिक देवी ‘लुँती अजिमा’ इन्द्रायणी देवीको पीठ रहेको छ । यस पीठमा बाला चतुर्दशीका दिन हवन (होम) गर्दा भँगेरा, सर्प, परेवा, माछा र फट्याङ्ग्रा जोडीलाई हवनमा चढाउने गर्दछन् । एक पटक होममा चढाएका मध्ये परेवा बाहिर उडी गएको र पछि त्यही परेवा बसेको अहिलेको विष्णु देवी ठाउँलाई नै बखु भनेको हो । यसरी परेवा उडी गएदेखिन लुँती अजिमाको होममा परेवा बली दिन छाडेका छन् । ‘बखु’ भनेको परेवा हो । परेवा खोज्दा खोज्दा भेटाउन नसकेकोले परेवा पाएन भनेकै नेपालभाषामा बखु मदु भनेको र त्यसको अपभ्रंस भई ‘बखुमद’ भनी आएको हो । यहि पीठ भएर बग्ने खोला भएरै यसकै नामबाट अपभ्रंश भई बल्खु खोला भन्दै आएका हो । आफ्नो गाउँ ठाउँ अनुसार विष्णुदेवी, इन्द्रायणी, ब्रम्हायणी, माहेश्वरी, कुमारी, बाराही, सिंहिनी, ब्याघ्रिनी, गणेश, भैरव, काली, बालकुमारी आदि अष्टमात्रिकाको पूजा गरी यस बखुमद जात्रा मान्ने गर्दछन् ।
~~~
यस वर्षको न्हय्गां जात्रा तालिका~ Nheygaan Jatra Schedule:
🔸मंसिर ३ गते, बाला चतुर्दशी - ध:ज्या (नगर सरसफाई लगायत राजकुलो सरसफाई गरिने / जात्रामा प्रयोग हुने क्वं द्य:लाई मन्दिर भित्र राखि नवमीको रात सम्मको लागि मन्दिर पुर्ण बन्द गरिने)
🔸मंसिर ८ देखि ११ गते - न्युटं (प्रत्येक साझँ भैरब मन्दिर अगाडी विभिन्न बाजागाजा परिक्रममा गर्न आऊने)
समय: ६ बजे देखि ८ बजेको बिचमा
🔸मंसिर १२ गते, अष्टमी - छोएला बु (बिहान सबेरै भैरब मन्दिर भित्र राखिएको गणेशको क्वं द्य: लाई बोकेर बखु लगि बलि सहितको विधिपूर्वक पूजा पछि पुन: बोसीगाउँ मै फर्काई भैरब मन्दिर अगाडीको दबूमा राखिने / यस दिन जात्रा भोजको लागि आवश्यक त:खा बनाऊने र छोएला खाएर मनाइने )
समय: बिहान २ देखि ३ बजे भित्रमा बखु लगिने र बिहान करिब ७/८ बजे तिर बोसीगाउँमा ल्याईने
🔸मंसिर १३ गते, नवमी (मु या) - बिहान भैरबको ढकी जात्रा हुने
समय: करिब ९/१० बजे सुरु हुने
🔸मंसिर १४ गते, दशमी (सिन्हःया) - सिन्दुर जात्रा - नवमी सकिने बित्तिकै दशमीको मध्यरातमै भैरब जात्रा सुरु हुने / बिहान भैरब रथ (भेलु द्य:)लाई बखु लगि जात्रा गरिने / दिनभर जात्रा रहने )
समय: दशमी सुरु भएको मध्य रात र दिन भर जात्रा भई राती १०/११ तिर जात्रा सम्पन्न हुने
🔸मंसिर १५ गते, एकादशी - बिहान थकालीको घरमा प्रत्येक बाजा खल: गुठीयार भेला भई दब: खुसीमा गई मुख धुन जाने
समय: बिहान करिब ७/८ बजे
#boshigaundabali #nhegajatra #jatra #boshigaun #bakhu #bakhumala #bakhumada #bhairab #machchhegaun #lhonkha #satungal #naikap