अन्तराष्ट्रिय नेपाली साहित्य समाज क्विन्सल्याण्ड च्याप्टरको आयोजना र नेपलिज असोसिअसन अफ क्विन्सल्याण्ड (NAQ), गैर आवासीय नेपाली संघ (NRNA), अष्ट्रेलिया, क्विन्सल्याण्ड राज्य समिति, नेपाली कला संस्कृति तथा साहित्य प्रतिष्ठान (NKSSP) अष्ट्रेलिया, क्विन्सल्याण्ड र क्विन्सल्याण्ड नेपाली सांस्कृतिक केन्द्र (QNCC) को संयुक्त सहभागितामा २१२ औं भानु जयन्तीलाई गत वर्ष झैं यो वर्ष पनि ब्रिसबेनमा नेपाली भाषा एवम् संस्कृति दिवसको रुपमा मनाइने कार्यक्रम रहेको यहाँहरु सबैमा सहर्ष जानकारी गराउन चाहन्छौं ।
कार्यक्रम: २१२ औं भानु जयन्ती तथा नेपाली भाषा एवम् संस्कृति दिवस
मिति र समय: १३ जुलाई २०२५ (आईतवार), अपराह्न १:३० देखि ४:३० बजे सम्म (13 July 2025, 1:30 to 4:30 PM)
स्थान: Hamilton Town Hall, 36 Racecourse Road (corner of Rossiter Parade), Ascot QLD 4110
कार्यक्रममा भानु जयन्ती बिशेष साहित्यिक गोष्ठीको साथमा नेपाली संस्कृति झल्काउने बिशेष सांस्कृतिक कार्यक्रमको आयोजना हुनेछ । सांस्कृतिक कार्यक्रममा स्थानीय नेपाली पाठशालाहरु बाल बालिकाहरुको सहभागिताका लागि पहल गरिेनेछ । कार्यक्रमको अन्त्यमा चिया चमेनाको व्यवस्था गरिएको पनि सहर्ष जानकारी गराउँछौं।
कार्यक्रममा यहाँहरु सबैजना उपस्थित भएर नेपाली, भाषा, साहित्य र संस्कृति प्रति स्नेह, सम्मान र सद्भाव प्रकट गर्नुहुनेछ भन्ने अपेक्षा गरेका छौं ।
साहित्यिक गोष्ठी तथा सांस्कृतिक कार्यक्रममा सहभागी हुनचाहने महानुभावहरुले आगामी ७ जुलाई सम्ममा सम्पर्क गर्नुहोला । साथै कार्यक्रमलाई आर्थिकरुपमा सहयोगगर्न ईच्छुक महानुभावहरुले सम्पर्क गर्नुहोला । यहाँहरुको सहयोगका लागी हामी आभारी रहनेछौं ।
धन्यबाद !