बखुमद: / बखुमल: / न्हय्‌गां जात्रा ११४६, 30 November

बखुमद: / बखुमल: / न्हय्‌गां जात्रा ११४६

Boshigaun Dabali - बोसिगां दबू II

Highlights

Sun, 30 Nov, 2025 at 05:00 am

Bakhu (Bishnu Devi Temple)

Advertisement

Date & Location

Sun, 30 Nov, 2025 at 05:00 am (NPT)

Bakhu (Bishnu Devi Temple)

Lalitpur, Nepal

Save location for easier access

Only get lost while having fun, not on the road!

About the event

बखुमद: / बखुमल: / न्हय्‌गां जात्रा ११४६
येँया दक्षिण पश्चिम लागाया नेवा: वस्तीइ आदिवासी नेवा:तय्‌सँ हना वयाच्वंगु थीथी जात्रात मध्ये महत्त्वपूर्ण जात्रा बमुखद: जात्रा अर्थात न्हय्‌गां जात्रा ख: । बखुमद: जात्राया झ्वयलय् नेवा: वस्तीत किपू, पांगा, नगां, ल्ह्‍वंखा, मच्छेगां, ब्वसिगां व सतुंगलय् जात्रा याइगु ख: । तर लिपांगु इलय् वया नैकाप अर्थात बन्थ:चाया नेवा:तय्‌सं नं ब्यागलं कथंया द्य:ख: दयेका जात्रा याना ह:गु दु । देँय् या दसं बुँइ सामाज्या अर्थात वा लयेगु ज्या क्वचाये धुंका: थिंला महिनाय् याइगु बखुमद: अर्थात न्हय्‌गां जात्रा अष्टमी, नवमी व दशमी स्वनु जात्रा मानेयाइगु ख:।

थ्व वयाच्वंगु थिंलाथ्व: दशमी मंसिर १४ गते बखु
विष्णुदेवी द्य:ग: परिसरे (तीनथाना) जुइगु "न्हय्‌गां जात्रा" या सिन्ह:या खुन्हु जात्रा स्वाझायादित सकसित इनाप याना च्वना ।

Event Cover Photo By: Pradip Maharjan ( https://www.facebook.com/pradip.mhr.3 )
~~~~~~~

बखुँमल अष्टमी / न्हय्‌गां जात्रा

काठमाडौंको दक्षिण पश्चिममा कीर्तिपुर, पाँगा, नगाउँ, ल्होंखा (ल्ह्वःकोट), बोसीगाउँ, सतुङ्गल र मच्छेगाउँमा बस्नेहरुलाई न्हय्‌गां भन्दछन् जसको अर्थ हुन्छ सात गाउँले। यस ठाउँको बखु खोला (इन्द्रमती खोला)को पूर्व उत्तरमा रहेको एक दोभानलाई बखु भन्दछन् । यो एक पीठ हो र यस पीठमा रहेको मुख्य देवीलाई विष्णुदेवी (वैष्णवी) भनी पूजी आएका छन् । यस देवीको वार्षिक जात्रालाई बखुमद: / बखुमल: जात्रा पनि भन्दछन् । पछिल्लो करिब ३/४ दशक देखि भने यस जात्रामा बन्थोक (नैकाप) पनि समाहित भएको थियो ।

बखुमद:

काठमाडौंको पश्चिमतिर शोभागवती र गुहेश्वरी नजिक अस्तमात्रिका मध्ये एक तान्त्रिक देवी ‘लुँती अजिमा’ इन्द्रायणी देवीको पीठ रहेको छ । यस पीठमा बाला चतुर्दशीका दिन हवन (होम) गर्दा भँगेरा, सर्प, परेवा, माछा र फट्याङ्ग्रा जोडीलाई हवनमा चढाउने गर्दछन् । एक पटक होममा चढाएका मध्ये परेवा बाहिर उडी गएको र पछि त्यही परेवा बसेको अहिलेको विष्णु देवी ठाउँलाई नै बखु भनेको हो । यसरी परेवा उडी गएदेखिन लुँती अजिमाको होममा परेवा बली दिन छाडेका छन् । ‘बखु’ भनेको परेवा हो । परेवा खोज्दा खोज्दा भेटाउन नसकेकोले परेवा पाएन भनेकै नेपालभाषामा बखु मदु भनेको र त्यसको अपभ्रंस भई ‘बखुमद’ भनी आएको हो । यहि पीठ भएर बग्ने खोला भएरै यसकै नामबाट अपभ्रंश भई बल्खु खोला भन्दै आएका हो । आफ्नो गाउँ ठाउँ अनुसार विष्णुदेवी, इन्द्रायणी, ब्रम्हायणी, माहेश्वरी, कुमारी, बाराही, सिंहिनी, ब्याघ्रिनी, गणेश, भैरव, काली, बालकुमारी आदि अष्टमात्रिकाको पूजा गरी यस बखुमद जात्रा मान्ने गर्दछन् ।

~~~

यस वर्षको न्हय्‌गां जात्रा तालिका~ Nheygaan Jatra Schedule:

🔸मंसिर ३ गते, बाला चतुर्दशी - ध:ज्या (नगर सरसफाई लगायत राजकुलो सरसफाई गरिने / जात्रामा प्रयोग हुने क्वं द्य:लाई मन्दिर भित्र राखि नवमीको रात सम्मको लागि मन्दिर पुर्ण बन्द गरिने)

🔸मंसिर ८ देखि ११ गते - न्युटं (प्रत्येक साझँ भैरब मन्दिर अगाडी विभिन्न बाजागाजा परिक्रममा गर्न आऊने)
समय: ६ बजे देखि ८ बजेको बिचमा

🔸मंसिर १२ गते, अष्टमी - छोएला बु (बिहान सबेरै भैरब मन्दिर भित्र राखिएको गणेशको क्वं द्य: लाई बोकेर बखु लगि बलि सहितको विधिपूर्वक पूजा पछि पुन: बोसीगाउँ मै फर्काई भैरब मन्दिर अगाडीको दबूमा राखिने / यस दिन जात्रा भोजको लागि आवश्यक त:खा बनाऊने र छोएला खाएर मनाइने )
समय: बिहान २ देखि ३ बजे भित्रमा बखु लगिने र बिहान करिब ७/८ बजे तिर बोसीगाउँमा ल्याईने

🔸मंसिर १३ गते, नवमी (मु या) - बिहान भैरबको ढकी जात्रा हुने
समय: करिब ९/१० बजे सुरु हुने

🔸मंसिर १४ गते, दशमी (सिन्हःया) - सिन्दुर जात्रा - नवमी सकिने बित्तिकै दशमीको मध्यरातमै भैरब जात्रा सुरु हुने / बिहान भैरब रथ (भेलु द्य:)लाई बखु लगि जात्रा गरिने / दिनभर जात्रा रहने )
समय: दशमी सुरु भएको मध्य रात र दिन भर जात्रा भई राती १०/११ तिर जात्रा सम्पन्न हुने

🔸मंसिर १५ गते, एकादशी - बिहान थकालीको घरमा प्रत्येक बाजा खल: गुठीयार भेला भई दब: खुसीमा गई मुख धुन जाने
समय: बिहान करिब ७/८ बजे

#boshigaundabali #nhegajatra #jatra #boshigaun #bakhu #bakhumala #bakhumada #bhairab #machchhegaun #lhonkha #satungal #naikap

interested
Stay in the loop for updates and never miss a thing. Are you interested?
Yes
No

Ticket Info

To stay informed about ticket information or to know if tickets are not required, click the 'Notify me' button below.

Advertisement

Nearby Hotels

Bakhu (Bishnu Devi Temple), Lalitpur, Nepal
Get updates and reminders
Ask AI if this event suits you
Advertisement
बखुमद: / बखुमल: / न्हय्‌गां जात्रा ११४६, 30 November
बखुमद: / बखुमल: / न्हय्‌गां जात्रा ११४६
Sun, 30 Nov, 2025 at 05:00 am