नेपाली समुदायमा आपसी सद्भाव र भाइचाराको सम्बन्ध अझ प्रगाढ र सुदृढ पार्दै पहिलो पुस्ता (अभिभावक) र दोस्रो पुस्ता (सन्तानहरु) बिचको सामाजिक तथा सांस्कृतिक दुरी कम गराऊने प्रमुख उदेश्यका साथ वर्खे विदा र हिउदे बिदाको समय पारेर बर्षको २ पटक आयोजना हुँदै आएको "नेपालिज् फेमिली फेस्टिभल” को २०२५ को बर्खे संस्करण यही आउदो अगस्ट ३ तारिक आईतवार अपरान्ह १२ बजे देखि साँझ ४ बजे सम्म नेपाली समुयदायमा परिचित स्थान बेलाहोए खेल मैदान मा हुने भएको छ ।
फेमिली फेस्टिभलमा सहभागि हुन के गर्ने ?
********************************
✅ ६ देखि १२ बर्ष सम्मको उमेर समूहका बाबुनानीहरु हुनु हुन्छ भने सहभागि बन्न सक्नु हुनेछ ।
✅ फेस्टिभलमा सहभागि बन्न दर्ता गर्नु पर्दछ । दर्ता शुल्क एक जना मात्र बच्चा भए ७० क्रोनर अनी एकाघरको २ भन्दा बढी बच्चा भए प्रत्यक बच्चाको थप ५० क्रोनर लाग्नेछ । रजिस्ट्रेशन फर्म यही सूचनाको अन्तिम राखेको छौं ।
✅ तपाइका बाबूनानीहरु १२ बर्ष भन्दा माथिका छन, तर कार्यक्रममा सहभागि हुन चाहन्छन भने हामी स्वयंसेवकको रुपमा सहभागि हुन सक्नेछन । त्यसको लागि कार्यक्रम संयोजकलाई सम्पर्क गर्न सक्नु हुनेछ ।
✅ कार्यक्रममा सहभागी भएका सवै वालबालिकाहरुले मेडल, स्नाक्स प्याक प्राप्त गर्नेछन । अन्य सहभागिहरुको लागि शशुल्क नेपाली मौलिक खाना तथा पेय पदार्थ किनेर खान मिल्ने गरि ब्यवस्थापन गरिने छ ।
✅ विगतका फेस्टिभलमा भएका गतिबिधीहरु होस्ट (Nepalese Family Festival) को पेजमा हेर्न सक्नु हुनेछ । यसका गतिबिधीहरु तपाईलाई मन पर्यो भने पेजलाई लाईक गर्न तथा रिभ्यु लेख्न पनि अनुरोध गर्दछौं ।
कार्यक्रमको वारेमा थप ब्यवहारिक जानकारीहरु हामी क्रमैसँग जानकारी गराउदै जानेछौ ।
यो संस्करणको लागि संयोजकको भूमिककामा प्रमिला अधिकारी रहनु भएको छ ।
सामाजिक तथा सांस्कृतिक महत्व बोकेको यो कार्यक्रमको अभिन्न अंग बन्न चाहानु हुन्छ भने स्वयंसेवकहरुलाई हामी सधै नै स्वागत गर्ने गर्दछौ । थप जानकारीको लागि कार्यक्रम संयोजक सँग सम्पर्क गर्न सक्नु हुनेछ ।
थप जानकारीको लागि
***********
प्रमिला अधिकारी
(28300355)
कार्यक्रम संयोजक
नेपाली फेमिलि फेस्टिभल २०२५, बर्खे संस्करण
दर्ता प्रकृयाको लागि यो फर्म भर्नु होला । ईभेन्टमा गोईङ गरेर मात्र कार्यक्रममा सहभागि हुन मिल्दैन । वावूनानीहरु सहभागि बनाउनु रजिस्ट्रेशन अनिवार्य छ ।
https://forms.gle/PWmyRtviSCKSWR5C8
Also check out other Festivals in Herlev.