नमस्कार, आमा-बुबा, दाजुभाइ तथा दिदी-बहिनीहरू!
गुल्मेली चौतारी टेक्सासको आयोजनामा यही October 19, 2025 आईतबारको दिन निम्न मिति, समय र स्थानमा हुन गईरहेको “दशै तिहार शुभकामना आदान-प्रदान तथा वनभोज” कार्यक्रममा यहाँहरूलाई हार्दिक निमन्त्रणा गर्दछौं।
दशैँ–तिहार नेपालीहरूको सबैभन्दा ठूलो चाडहरू मात्र नभई आपसी भेटघाट, माया र सद्भाव साट्ने अवसर पनि हो। यस कार्यक्रम मार्फत टेक्सासमा बसोबास गर्ने गुल्मेली तथा सम्पूर्ण नेपाली समुदाय बीच आपसी सम्बन्ध अझ मजबुत बनाउने उद्देश्य राखिएको छ।
अमेरिकामा सरायँ तथा पट्टा खेल्ने एकमात्र यस सांस्कृतिक उत्सवले यहाँलाई भरपूर मनोरञ्जन दिनुका साथै नयाँ पिढींलाई हाम्रो कला संस्कृती सिकाउने छ।
कार्यक्रमका प्रमुख आकर्षणहरू:
* गुल्मी तथा छिमेकी जिल्लाहरूमा प्रचिल सरायँ तथा पट्टा नाच प्रदशन
* गुल्मी जिल्लामा प्रचलित मारूनी भैलो नाच प्रदशन
* विविध सांस्कृतिक कार्यक्रमहरू
* बालबालिकाको लागि बाउन्स हाउसको व्यवस्था
* निशुल्क खानाको व्यवस्था
निम्न:
मिति: १९ अक्टोवर २०२५, आईतबार
समय: बिहान १२ बजे देखी
स्थान: युलेस बियरक्रिक पार्क
1951 Bear Creek Pkwy
Euless, TX 76039
धन्यवाद
गुल्मेली चौतारी टेक्सास