Nepalese Portugues Get Together Program
Advertisement
नेपाली पोर्चुगिज सोसाईटी युके को बार्षिक भेटघाट कार्यक्रम साउथह्यम्पटन मा हुने ।
पोर्चिगिज-नेपाली सोसाईटी युके को बार्षिक भेटघाट कार्यक्रम १६ अगस्त २०२५ का दिन साउथह्यम्पटन को रमणिय स्थल Royal Victoria Park मा हुने भएको छ ।
पोर्चुगलको लामो बसाइ मा दुख: सुख साटासाट गरेका अधिसंख्यक साथीहरु अहिले युके का बिभिन्न शहरहरुमा छरिएर बस्नु भएको छ । त्यस्ता सम्पुर्ण साथीहरु लाई बार्षिक रुपमा भए पनि एक दिन भेला भै आपसी मित्रता लाई पुनर्ताजगी गराउने उद्धेश्यले स्वत: स्फुर्त रुपमा सुरुवात गरिएको यस खाले कार्यक्रम यसअघि लण्डन र कोभेन्ट्रीमा सम्पन्न भएको यहाँहरु सबैलाई अवगत नै छ । त्यसैको निरन्तरता स्वरुप यस बर्ष साउथह्यम्पटन मा आयोजना गरिएको हो ।
समुन्द्री तटमा रहेको यस पार्कमा बच्चा हरु खेल्ने ठाउँ, रेष्टुराँ सहित को पब, दृश्यावलोक का थुप्रै मनमोहक स्थान र स- शुल्क पार्किङ्को सुबिधा समेत रहेको छ । कार्यक्रममा नेपाली संस्कृति झल्किने नृत्य, गायन र मनोरन्जन पुर्ण खेल हरुका अतिरिक्त खानपिनको समेत ब्यबस्था रहेको छ ।
परदेशको अति ब्यस्त समय लाई ब्यबस्थापन गर्ने कुरा आफैमा चुनौती पुर्ण छ । त्यसैले उपस्थित हुन ईच्छुक साथीहरु लाई आफनो र परिवारको छुट्टी मिलाउन सहज होस भनि पाँच महिना अघि नै कार्यक्रम स्थलको बुकिङ गरि प्रचार-प्रसार शुरुवात गरेका छौ । आयोजकका नाताले धेरै भन्दा धेरै साथीहरु को सहभागिता रहोस भन्ने हाम्रो चाहना छ । त्यसैले सम्पुर्ण साथीहरुले जुलाई महिना भित्रै आफनो उपस्थितिको जानकारी गराईदिनु भयो भने हामी आभारी हुने छौ र कार्यक्रम ब्यबस्थापनमा सहजता हुनेछ ।
अन्तमा यस रमाईलो भेटघाटमा उपस्थित भै कार्यक्रमको शोभा बढादिनु हुन नेपाली पोर्चुगिज समुदायका सम्पुर्ण बुवाआमा, दिदीबहिनी र दाजुभाई हरु लाई हार्दिक निमन्त्रणा गर्दछौ ।
नेपाली पोर्चुगिज भेटघाट कार्यक्रम आयोजक समिति
साउथह्यम्पटन युके