Event

FNS - CA Hartalika Teej 2025

Advertisement

तिजको लहर आयो बरीलै!
दिदी बहिनीहरूको महान चाड तिज, नेपाली संस्कृतिको एउटा उज्यालो पक्ष हो, जसले हामीलाई हाम्रो परम्परा र मूल्यहरूको स्मरण गराउँछ। तिज भनेको केवल एउटा चाड मात्र होइन, यो हाम्रा नेपालको समृद्ध सांस्कृतिक सम्पदासँग जोड्न, हाम्रो मौलिक पहिचानलाई प्रवासमा पनि जिवन्त राख्न, र हाम्रो मन र आत्मालाई नयाँ ऊर्जा दिनका लागि एक महत्वपूर्ण अवसर हो।

यो चाड, जहाँ महिलाहरू आफ्नो बर्षभरिका दुःख कष्टलाई भुल्न, परिवार र साथीहरूसँग हर्षोल्लासपूर्वक समय बिताउन, र भव्य पोशाक, गरगहना, र नाचगानका माध्यमबाट आफ्नो भावनाहरू व्यक्त गर्न पाउँछन्। तिज नारीत्वको शक्ति, साहस, र धैर्यताको उत्सव।
हाम्रो नयाँ पुस्तालाई नेपाली संस्कृतिको महत्त्व बुझाउन, तिज जस्ता पर्वहरूको संरक्षण र प्रवर्द्धन अत्यावश्यक छ। तिजले प्रवासमा रहेर पनि हामीलाई नेपाललाई सम्झाउने, आफ्नो जरा र पहिचानलाई सम्मान गर्ने, र सामूहिक रूपमा एकताको भावना विकास गर्न मद्दत गर्दछ।
यस तिजको अवसरमा, सबैले आफ्नो भारीपन र पीडालाई छोडेर, खुशी र प्रेमको साथ यो पवित्र चाड मनाउन सकून्। तिजको शुभकामना!
आउनुहोस्, सबै मिलेर तिजको चाडलाई मनाऔं!
संपूर्णलाई स्वागत छ!
August 19th Tudesday
Gate open at 6 pm (Program starts at 6.30PM )
AT“Diamond Palace Indian Cuisine”
Highlights
1. Raffle
2. Culture dance performance
3. Dewda (Newle khel)
4. DJ dance

कार्यक्रम सफल पार्न सहयोगी मनकारी दजु भाई हरूलाई सहयोगको लागी अनुरोध गर्द छौ ॥
Zelle at email
c3VkdXJwYXNjaGltbGFjYSB8IGdtYWlsICEgY29t

यहा मनकारी दाजुभाईको सहयोगले दिदी बहिनीहरूलाई आर्थीक भार कम गर्नु सहयोग हुने छ॥
दिदी बहिनीहरूला प्रतिबक्ति $40.00 मात्र Zelle गरेर सहयोग गर्नु अनुरोघ छ ॥
Zelle email :c3VkdXJwYXNjaGltbGFjYSB8IGdtYWlsICEgY29t

See you soon everyone !
😍🙏🙏




Advertisement
Share with someone you care for!

Best of Diamond Bar Events in Your Inbox