Event

‘‘हाम्रो तीज हाम्रै आँगनमा’’

Advertisement

‘‘हाम्रो तीज हाम्रै आँगनमा’’
आदरणीय डेनमार्कवासी आमा–बुवा, दिदी–बहिनी, दाजु–भाइ साथै नानी–बाबुहरुमा हार्दिक नमस्कार 🙏 🙏
विगतका वर्षहरूमाझै यस वर्ष पनि गैर आवासीय नेपाली संघ, (एनआरएनए) राष्ट्रिय समन्वय परिषद डेनमार्कले यहि अगष्ट २ तारिख शनिबारका दिन नेपालीहरुको बिशेष चाँड हरितालिका तीज मनाउँन गईरहेको छ ।
बिशेषतः महिलाहरुको पर्व रहेको हरितालिका तीजलाई निरन्तरता दिदै नयाँ पुष्तालाई समेत सिकाउनु पर्ने तपाईं हामी सबैको कर्तव्य हो । यसर्थ हाम्रो मौलिक संस्कृति बोकेको तीज कार्यक्रममा सहभागी भइदिनु हुन सम्पूर्ण डेनमार्कवासी नेपाली दिदी-बहिनी तथा नानी–बाबुहरुमा हार्दिक निमन्त्रणा गर्दै अनुरोध गर्दछौ ।
अन्य सस्थासँगको समन्वय, दिदी-वहिनीहरू स्वयं कलाकार भएर आफ्ना प्रतिभाहरू प्रस्फुटन गर्ने थलो बनोस, तपाईं-हामीमा आर्थिक व्यायभार नहोस र सबैको सहज प्रबेश होस भन्ने उदेश्यले हामीले यो पटक नेपालबाट कलाकार बोलाएका छैनौ । यसपाली नेपाली समाजमा बाक्ला कार्यक्रमहरु भएका कारण र बिभिन्न सस्थाहरुसँगको समन्वय र सहकार्य अनुरुप हरितालिका तीजको तिथी -मिति भन्दा अली छिटो कार्यक्रम आयोजना गरिएको छ । यद्दपी मौलिक संस्कृति जोगाउने नाममा पर्वलाई बिगार्न हुँदैन भन्ने कुरामा चाँही सचेत हुनुपर्छ ।
कार्यक्रमको विवरणः
मितिः ०२.०८.२०२५ ( २ अगष्ट २०२५ )
समयः ठिक १५ः०० वजे (Registeration)
स्थानः Valgårdsvej 4, 2500 Valby
( Valby Culture House )
नोटः एनआरएनए, डेनमार्कले यस पटक नि:शुल्क प्रबेशको व्यवस्था गरेको छ। नेपाली भान्छा रेष्टुरेन्टले खानाको व्यवस्थापन गर्ने छ । खानाका लागि वयस्क ८० क्रोनर र वच्चाको ५० क्रोनर रकम तोकिएको जानकारी गराउदछौ ।
स्वेच्छिक रूपमा प्राप्त भएका प्रतिभाशाली स्वयंसेवकहरूको पोस्टर डिजाइनहरूलाई हामी स्वागत गर्दै क्रमशः सार्वजनिक गर्दै जानेछौं।🇳🇵
भवदीयः
गैर आवासीय नेपाली संघ, डेनमार्क



Advertisement
Share with someone you care for!

Best of Frederiksberg Events in Your Inbox